काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगनकुमार थापालाई सभापतिमा चयन गरेको छ। महाधिवेशन प्रतिनिधिहरूले सर्वसहमति रूपमा थापालाई सभापतिमा चयन गरेको हो।

यसअघि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मालाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो।





