- ओखलढुंगा असोज १५
ओखलढुङ्गा* – नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत हालै सम्पन्न प्रदेश अधिवेशन प्रतिनिधि छनौटमा ओखलढुङ्गा प्रदेश ‘ख’ बाट पेशल पराजुली प्रदेश प्रतिनिधिमा विजयी हुनुभएको छ।

गत १३ गते सम्पन्न उक्त निर्वाचनमा पराजुलीले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पछि पार्दै जित हासिल गर्नुभएको हो।
विजयी पराजुली नेपाली कांग्रेस कोशी प्रदेश अन्तर्गत बुद्धिजीवी एवं पेशागत विज्ञ विभागमा आवद्ध भई सक्रिय रूपमा काम गर्दै आउनुभएका चर्चित तथा बौद्धिक नेता हुनुहुन्छ। उहाँको जितसँगै ओखलढुङ्गा कांग्रेस वृत्तमा उत्साह थपिएको छ।
पार्टी संगठन सुदृढीकरण र बौद्धिक क्षेत्रको प्रतिनिधित्वमा उहाँको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको कार्यकर्ताहरूले बताएका छन्।






