कटारी नगरपालिका–४ मरुवा खोला क्षेत्रबाट प्रहरीले १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले भदौ ७ गते राति करिब १ः४५ बजे बेतेनीबाट कटारीतर्फ आउँदै गरेको ना.७ ख ८१७३ नम्बरको टिपरलाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।
प्रहरीले टिपर चालक रुपन्देहीको देवदह नगरपालिका–७ स्थायी ठेगाना भई हाल कटारी नगरपालिका–४ बस्ने करिब २१ वर्षीय सोम मगरलाई टिपरसहित नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





