काठमाडौं , ओखलढुङ्गा को लेती सेवा समाज र नमुना दीप युवा क्लबले काठमाडौँ मा आगामी शनिवार रक्तदान कार्यक्रम गर्ने भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व को निम्ति उक्त कार्यक्रम गर्ने भएको नमुना दीप युवा क्लबका कोषाध्यक्ष एबम लेति सेवा समाजका पनि कोषाध्यक्ष सुमन गौतमले बताएका छन् । यस संस्था ले विगतमा पनि आफ्नो जिल्ला बासीहरुको सहजताको लागि मन्दीर निर्माण खेलकुद सामग्री वितरण क्यालेन्डर प्रकाशन एबम वितरण लगायत विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ । भदौ २० गते हुने उक्त कार्यक्रम भृकुटीमण्डपस्थित केन्द्रिय रक्तसञ्चारको प्राङ्गणमा हुने छ। सामाजिक सेवाका निम्ति सबै जिल्ला बासीलाई उपस्थित हुन को निम्ति सस्थाले आमन्त्रण गरेको छ।







