काठमाडौं , बैशाख १२

सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका सञ्चारकर्मी तथा खसोखासका प्रधान सम्पादक किशोर पन्थीलाई यस वर्षको ‘रामगीता विशिष्ट सञ्चार सेवा पुरस्कार’ प्रदान गरिएको छ। शनिबार काठमाडौंमा आयोजित एक समारोहबीच नेपाली साहित्यिक तथा सामाजिक संस्था रामगीता वाङ्मय मन्दिर नेपाल–अमेरिकाले पन्थीलाई उक्त पुरस्कार प्रदान गरेको हो।
लामो समयदेखि पत्रकारिताको माध्यमबाट समाजलाई पुर्याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै उनलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्रद्वारा सम्मानित गरिएको हो। पत्रकार पन्थि अ्मेरिका रहेको कारण उनकि आमा तथा नमस्ते इन्टरनेशनल मिडिया प्रा.लि.की अध्यक्ष तुल्सीदेवी पन्थीले सो पुरस्कार ग्रहण गर्नुभयो।






