ओखलढुंगा । सुनकोशी गाउँपालिका-५ का वडाअध्यक्ष गोविन्दराम तामाङ आफ्नो पदबाट राजीनामा दिएर वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया गएका छन् । कार्यकालको अवधि करिब एक वर्ष बाँकी छँदै उनी शनिबार अस्ट्रेलिया उडेका हुन् ।

गाउँपालिका उपाध्यक्ष का अनुसार तामाङकी श्रीमती विगत केही वर्षदेखि अस्ट्रेलियामै रहेकाले उनी पनि वडा अध्यक्ष पद छोडेर त्यता लागेका हुन् । स्थानीय तहमा दुई कार्यकाल वडाअध्यक्ष निर्वाचित भइसकेका जनप्रतिनिधिले नै बीचमै पद त्यागेर विदेश पलायन रोजेपछि यस घटनाले स्थानीयस्तर र सामाजिक वृत्तमा निकै चासो र चर्चा पाएको छ ।
उपाध्यक्ष अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राई लयागत जनप्रतिनिधी, कर्मचारीले तामाङलाई विधाई गरेका थिए । उनी नेकपा एमालेबाट २०७४ र २०७९ सालको स्थानिय तह निर्वाचनमा लगातार निर्वाचित भएका हुन् । तामाङ सामाजिक कार्य सँगै खेदकुदमा पनि सकृय थिए ।






