- नेतृत्वमा धैर्य, निर्णय क्षमता, पूर्वाग्रह नराख्ने, लचिलोपन, र अरूको खुसीमा सामेल हुने गुण आवश्यक हुन्छ।
- सफल नेतृत्वका लागि सम्बन्ध बनाउने, सकारात्मक सोच, असल आचरण, आलोचनात्मक चेत, र सिर्जनशीलता हुनु अनिवार्य छ।
- नेतृत्वले सही निर्णय गरी सबैका लागि समान व्यवहार गर्नुपर्छ र समय अनुसार नयाँ ज्ञान सिक्न तत्पर हुनुपर्छ।
कुनै पनि कम्पनीको मेनेजर वा प्रमुख बन्ने इच्छा धेरैको हुन्छ । कुनै संघसंस्था वा संगठनको मुख्य जिम्मेवारीमा पुग्ने सपना पनि धेरैले पालेका हुन्छन् । तर इच्छा गर्ने सबैलाई यस्तो अवसर मिल्दैन ।

अर्को कुरा के भने कुनै तरिकाबाट ती जिम्मेवारी तथा पदमा पुगे पनि धेरै व्यक्तिले त्यसलाई सही तरिकाले बहन गर्न सक्दैनन् । नेतृत्व सही नपर्दा संस्था तथा कम्पनीहरू उन्नतिको दिशामा जानुको सट्टा दुर्गतिमा फस्ने, घाटामा जाने, टाट पल्टिने, विघटन हुने जस्ता समस्या आइपर्छ । कुनै संगठन तथा समूहहरूमा किचलो आउने, बिग्रह हुने हुन्छ। यसको असर कम्पनीका कर्मचारी, उनका परिवारमा पर्छ । यदि यस्तो संगठन समाजिक कार्य तथा राजनीतिसँग जोडिएको छ भने सिंगो समुदाय र देशमै समस्या तथा संकट उत्पन्न हुनसक्छ।
यस कारण कुनै पनि क्षेत्रको नेतृत्वमा पुग्न रहर गरेर मात्रै हुँदैन त्यो जिम्मेवारी सम्हाल्ने खुबी पनि बनाउनुपर्छ । जिम्मेवार ठाउँमा पुगेर मात्रै हुँदैन त्यसलाई सही तरिकाले बहन गर्न पनि सक्नुपर्छ ।
नेतृत्व सक्षम र सफल हुनका लागि कस्ता गुण हुनुपर्छ त ?
१.धैर्यशील
२. निर्णय गर्न सक्ने
३. पूर्वाग्रह नराख्ने
४. लचिलो
५.अरूको खुसीमा सामेल हुन सक्ने
६. सम्बन्ध बनाउने खुबी भएको
७. सकारात्मक सोच भएको
८. असल आचरण भएको/आदर्शयुक्त
९. आलोचनात्मक चेत र विश्लेषण गर्ने क्षमता भएको
जो
१०.सिर्जनशील/अध्ययनशील





