काठमाडौं – श्री लेती सेवा समाज ओखलढुङा ले बार्षिक क्यालेण्डर बितरण कार्यक्रम गर्ने भएको छ । सस्थाको सामजिक कार्यलाइ लक्षित गर्दै क्यालेन्डर बितरण कार्यक्रम आयोजना गर्न लागेको सस्थाका अध्यक्ष कृष्ण प्रसाद गौतम ले जानकारी दिए। २०६३ सालमा स्थापना भएको यस सस्थाले निरन्तर बार्षिक क्यालेन्डर प्रकाशन गर्नुका साथै बिभिन्न सामाजिक कार्य (रक्तदान कार्यक्रम, राहत बितरण कार्यक्रम जस्ता धेरै सामजिक कार्यक्रम हरु गरिसकेको छ गत बर्ष यस सेवा समाज द्वारा लेतीमा मन्दिर निर्माण सम्पन्न गरिएको र आगामी दिनमा यस सस्थाले थप सामाजिक कार्य गर्ने लक्ष्य रहेको सस्थाका कोषाध्यक्ष सुमन गौतमले बताए ।







