काठमाडौं, — अमेरिका र इरानबीचको तनाव अहिले उत्कर्षमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा कदम चाल्ने चेतावनी दिएका छन्। स्ट्रेट अफ हर्मोजमा अमेरिकी आदेशअनुसार अवरोध हटाउने समयसीमा सकिन लाग्दा ट्रम्पले इरानलाई सम्बोधन गर्दै “आज रात एउटा सिङ्गो सभ्यताको अन्त्य हुन सक्छ” भन्ने कडा अभिव्यक्ति दिएका छन्।

मध्यपूर्वमा ठूलो युद्धको सङ्केत स्वरुप मानिने यो चेतावनी अमेरिकाले इरानको रणनीतिक जलमार्गमा अवरोध हटाउन केही घण्टामात्र समय बाँकी रहेको सन्देशसँगै आएको हो। अलजजिराले यो समाचार प्रकाशित गरेको छ।





